`

अबको पाँच वर्षपछि रास्वपाको एकल सरकार बन्छ : सभापति लामिछाने

Nepal One HD २१ चैत २०७९ १२:२५
प्रमुख खबर

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पाँच वर्षपछि आफ्नो पार्टीले एकल सरकार बनाउने दाबी गरेका छन् । भरतपुरमा आयोजित कोणसभालाई सम्बोधन गर्दै लामिछानेले रास्वपाको एकल सरकार बन्ने दाबी गरेका हुन्।

उनले भने,‘५ वर्षपछि राष्ट्रिय स्वतन्त्र पार्टीको एकल सरकार कसैले रोकेर रोकिने वाला छैन।’

उनले मुद्दामाथि मुद्दा हालेर सिध्याउने षड्यन्त्र भइरहेपनि आफू नडराउने बताए । उनले भने,‘जताजता मुद्दा हाल्नुपर्छ हाले हुन्छ, देशमा हालेर पुग्दैन भने विदेशमा पनि हाले हुन्छ म यस्ता मुद्दाबाट डराउनेवाला छैन। ।’

सभापति लामिछानेले आफूले भ्रष्टाचारको फाइल खोल्ने भनेपछि भएभरको शत्ति लागेर आफूलाई सिध्याउन लागेको आरोप लगाएका छन् ।


प्रतिक्रिया