सदन चलिरहेकै समयमा सदनबाहिर साझा न्यूनतम कार्यक्रम प्रस्तुत गरिनु गम्भीर चिन्ताको विषय – एमाले


काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङले सरकारले साझा न्यूनतम कार्यक्रम सदन बाहिर गरिएको भन्दै प्रश्न गरेका छन् ।
बिहिबार सिंहदरबारमा सरकारमा रहेका १० दलका शिर्ष नेताहरुको सहभागीतमा न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरिएको छ । यसै बिषयलाई लिएर एमाले नेता नेम्वाङले कार्यक्रम संसद् अधिवेशन चालु रहेका बेला सदनबाहिर प्रस्तुत गर्ने कार्यले गम्भीर प्रश्न खडा गरेको बताए ।
उनले प्रधानमन्त्रीलगायत सरकार संसद्प्रति उत्तरदायी बन्ने सुन्दर लोकतान्त्रिक पक्षलाई बेवास्ता गर्दै सदन चलिरहेकै समयमा सदनबाहिर त्यस्ता कार्यक्रम प्रस्तुत गरिनु गम्भीर चिन्ताको विषय भएको बताए । उनले भने सरकारले के ग¥यो भन्नेबारे प्रतिनिधिमूलक संस्था संसद्ले थाहा पाउनुपर्छ, सदन चलिरहेको छ, सरकारले बिजनेश दिन सकेको छैन, संसद्लाई बेवास्ता गरिएको छ, साझा कार्यक्रम संसद्ले थाहा पाउन पर्ने होइन रु यस विषयमा सरकार चुकेको छ ।
सरकारले सदनको अबको पहिलो बैठकमै सदन बाहिर साझा कार्यक्रम प्रस्तुत गर्नु पर्नाको कारण र औचित्यबारे जानकारी गराउनुपर्ने उनले बताए ।