रक्षामन्त्री खड्काले भने : कर्मचारीलाई तलव खुवाउन पनि ऋण लिनुपर्ने अवस्था छ

प्रमुख खबर

काठमाडौँ – उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले कर्मचारीलाई तलव खुवाउन पनि ऋण लिनुपर्ने अवस्था आएको बताएका छन् ।
शनिबार सुर्खेत विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले मुलुकको अर्थतन्त्र ऋणात्मक कमजोर बनिरहेको बताएका हुन् ।
उनले भने, ‘मुलुकको अर्थतन्त्र ऋणात्मक कमजोर बनिरहेको, कर्मचारीलाई तलव खुवाउन पनि ऋण लिनुपर्ने अवस्था रहेको छ । यसबाट मुक्ति हुनका लागि सरकारले आवश्यक नीति, कार्यक्रम र बजेटको कार्यान्वयन गर्नेछौं ।’
प्रतिस्पर्धा आफ्नो ठाउँमा रहेपनि मुलक बनाउने र जनताको हितमा काम गर्न, मुलुकको भौगोलिक अखण्डता, राष्ट्रिय स्वाभिमान र मुलुकको भुगोलको रक्षामा गर्नमा कसैको पनि डर मान्न नपर्ने खड्काले बताए ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट