`

मेयर बालेनलाई शंकर पोखरेलको ‘काउन्टर’- जिम्मेवारीमा बसेपछि जिम्मेवार र जवाफदेही बन्नुपर्छ

Nepal One HD २५ चैत २०७९ १४:३१
प्रमुख खबर

काठमाडौं – नेकपा एमालेका महासचिव शंकर पोखरेलले काठमाडौं महानगरपालिकाका मेयर बालेन (बालेन्द्र) शाहलाई जिम्मेवार र जवाफदेही बन्न सुझाउनुभएको छ ।

शनिबार बिहान मेयर बालेनले सामाजिक सञ्जालमा दिएकोृ अभिव्यक्तिको पछि नेता पोखरेलले यस्तो बताउनुभएको हो । मेयर बालेनले साँच्चिकै देश सफा गर्नु परे नेताहरूलाई सिसडोलमा ‘डम्प’ गर्नुपर्ने अभिव्यक्ति दिएपछि पोखरेलले त्यसको ‘काउन्टर’ दिनुभएको हो । 
एमाले महासचिव पोखरेलले मेयर बालेनको अभिव्यक्तिले नेपाली समाजलाई चरम अराजकतातिर लैजाने नियोजित प्रयास भइरहेको संकेत गर्ने बताउनुभएको ५ ।

‘मेयर बालेनको अभिव्यक्तिले नेपाली समाजलाई चरम अराजकतातिर लैजाने नियोजित प्रयास भइरहेको संकेत गर्दछ। जिम्मेवारीमा बसेपछि जिम्मेवार र जवाफदेही बन्नै पर्दछ’, पोखरेलले सामाजिक सञ्जालमा लेख्नुभएको ५ ।

मेयर वालेनको अभिव्यक्तिले नेपाली समाजलाई चरम अराजकतातिर लैजाने नियोजित प्रयास भइरहेको संकेत गर्दछ । जिम्मेवारीमा वसेपछि जिम्मेवार र जवाफदेही वन्नै पर्दछ ।— shankar.pokhrel (@shankarpokhrel8) April 8, 2023


प्रतिक्रिया