`

नेकपा एसका मुकुन्द न्याैपानेले छाेडे पार्टी

Nepal One HD २५ चैत २०७९ १५:१२
प्रमुख खबर

काठमाडौं – नेकपा एकीकृत समाजवादीका तेस्रो वरियताका नेता तथा पूर्व मन्त्री मुकुन्द न्यौपानेले पार्टी परित्याग गर्नुभएकाे छ । 

शनिवार काठमाडाैँमा पत्रकार सम्मेलन गर्दे न्याैपानेले पार्टी परित्याग गरेकाे जानकारी दिनुभएकाे हाे । 

५४ वर्षदेखि राजनीतिमा लागेकाे स्मरण गर्नुहुँदै उहाँले काे अर्डिनेशन,मुत्ति माेर्चा,माले,एमाले हुँदै आएकाे विगत स्मरण समेत गर्नुभयाे । 

तत्कालीन नेकपा एमालेबाट विद्रोह गर्दा माधव नेपाल र झलनाथ खनालपछिको वरियतामा रहेर नेकपा एस गठन गर्नुभएका नेता न्यौपानेले शनिवार पत्रकार सम्मेलनमार्फत पुनः विद्रोहको घोषणा गर्नुभएकाे हाे ।

न्यौपानेले नेकपा एसमा कम्युनिस्ट चरित्र सकिएर दक्षिणपन्थीको सेवक मात्र बनेको र जति खाए पनि नभरिने नेताहरूको चरित्र देखिएको भन्दै सो पार्टी परित्याग गर्नुभएकाे हाे । 

उहाँले भविष्य नभएको पार्टीको नेता हुनुभन्दा सम्मानित नागरिक भएर जिउने भन्दै पार्टीको साधारण सदस्यबाट समेत राजीनामा दिएको बताउनुभएकाे हाे । 

उहाँले आफूले केन्द्रीय कमिटी बैठकमा ३३ बुँदे फरक मत राखेर छलफलको माग राखे पनि छलफल नगरिएको बताउनुभयाे । 

​​​​​​​


प्रतिक्रिया