मेयर बालेनको सुझाव : सिंहदरबारलाई अरू पालिकामा सार्नु

प्रमुख खबर
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले सिंहदरबारलाई अरू पालिकामा सार्न सुझाव दिएका छन् ।
बिहीबार आफ्नो सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै मेयर बालेनले काठमाडौँ महानगरपालिकाको हितमा काम नगर्ने भए सिंहदरबार सार्न सुझाव दिएका हुन् ।
‘कि काठमाडौँको हितमा काम गर्नुहोस् ,कि सिंहदरबार अरू पालिकामा सार्नुहोस्’,उनले लेदेका छन् । काठमाडौँ बासीलाई सिंहदरबार र राजधानी दुवै सारे पनि कुनै कुनै आपत्ति नरहेको बताउनुभयो । ‘हामी काठमाडौँ बासीलाई कुनै आपत्ति छैन ,चाहे सिंहदरबार सार्नुस् कि राजधानी सार्नुस् । हामीलाई हाम्रो सम्पदा, संकृती , कला, सभ्यता चाहिन्छ , राजनीति हैन’,उनले भने ।
मेयर बालेनले केही दिनदेखि सिंहदरबारको फोहोर फाल्न बन्देज लगाएका थिए ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट