`

व्यवस्था उल्टाउने कसले हो, प्रधानमन्त्रीले सदनलाई जानकारी गराउनुपर्छ : ठाकुर गैरे

Nepal One HD ३ वैशाख २०८० १३:४४
प्रमुख खबर

काठमाडौं – नेकपा (एमाले) का सांसद ठाकुर गैरेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले व्यवस्थामाथि आक्रमण भयो भनी दिएको अभिव्यक्तिमाथि प्रश्न उठाएका छन् । 

आइतबारको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै उनले प्रधानमन्त्रीले बैशाख १ गते पार्टी कार्यालयमा गएर व्यवस्थामा संकट आयो, उल्टिन लाग्यो भनेर के सन्देश दिन खोजेको भन्दै प्रश्न उठाए । 

“उहाँले पार्टी अफिसमा गएर भन्नुभयो । यो विषयमा सदन सुचित हुनुपर्यो,” उनले भने, “कसले यो व्यवस्था उल्टाउन खोजेको ? कसको कारणले यस्तो हुन लागेको हो ?”

उनले सदनलाई प्रधानमन्त्रीले सूचित गरे चुनौती सामना गर्न सबै तयार हुनुपर्ने बताए ।


प्रतिक्रिया