`

संसद्‌मा हाटाको संख्या बढ्यो : हरि ढकाल

Nepal One HD ३ वैशाख २०८० १३:५५
प्रमुख खबर

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरि ढकालले प्रतिनिधिसभा बैठकमा बिहान मात्र होइन बेलुका सदन सकिएपछि पनि हाजिरी गर्ने व्यवस्था गर्न माग गरेका छन् ।

आइतबारको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै उनले संसद्‌मा हाटाको संख्या बढ्दै गएको बताए ।

उनले भने,“गत २९ गतेको बैठकमा हाजिर गर्ने १६२ मान्य हुनुहुन्थ्यो । बेलुका जम्मा ६१ जनामात्र । यसलाई बोलिचालीको भाषामा हाटा भन्दो रहेछ । ,एक पटक होइन दुई पटक गणपूरक संख्या नपुगेर बैठक स्थगन भएको छ । यसले समाजलाई कस्तो सन्देश दिन्छ ।”


प्रतिक्रिया