`

अध्यक्ष ओलीलाई भेट्न बालकोट पुगे प्रधानमन्त्री प्रचण्ड, देउवा र सभामुख घिमिरे

Nepal One HD ४ वैशाख २०८० १०:३०
प्रमुख खबर

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् ।

सोमबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न उनीहरु बालकोट पुगेका हुन् ।

यो भेटमा संसदमा टीआरसी र संसदीय समितिमा सहमति खोज्ने गरी छलफल गर्नेछन् । अध्यक्ष ओली भाइरल ज्वरोका कारण बिरामी भएर आराम गरिरहेका छन् ।

छलफलका लागि तीन प्रमुख दलका सचेतकहरू पनि बालकोटमा  जानुभएको छ ।


प्रतिक्रिया