नक्कली पासपोर्ट प्रकरणमा दोषी ठहरिएकाहरू नेता भएर सिंगारिएर हिँडिरहेको छ : घनश्याम भुसाल
प्रमुख खबर
काठमाडौं – नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई लक्षित गर्दै नक्कली पाससोर्टमा दोषी ठहर भएका व्यक्ति सडकमा हिरो भएर हिँडिरहेको टिप्पणी गरेका छन् ।
नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियूको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
उनले भने, ‘अस्ति भर्खरै नक्कली पासपोर्ट प्रकरणमा दोषी ठहरिएकाहरू नेता भएर सिंगारिएर हिँडेका छन् । तीनिहरूसँग गठबन्धन भएको छ । पूजा भइरहेको छ ।’
नक्कली पासपोर्टदेखि अनेक अपराधमा दोषी भनिएका मान्छे थोरै दिन राज्यमा पुग्दा पनि लुट मच्चाएको भुसालले आरोप लगाएका छन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
