`

राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना र रुसी उपप्रधानमन्त्रीबीचको भेटवार्तामा के भयो ?

Nepal One HD ७ वैशाख २०८० २०:१८
राजनीति

काठमाडौं – राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र रुसका उपप्रधानमन्त्री डिएन चेर्नुस्सेन्को बीच शिष्टाचार भेटवार्ता भएको छ । 

रुसको औपचारिक भ्रमणमा रहेका राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र रुसी उपप्रधानमन्त्रीबीच मस्कोमा भेटवार्ता भएको हो ।उनीहरुका बीचमा भएको भेटमा आपसी समझदारी र लगानीका क्षेत्रहरुका बारेमा छलफल भएको छ । 

 भेटमा अध्यक्ष तिमिल्सिनाले नेपालमा ऊर्जा, पर्यटन, ब्यापार क्षेत्रमा लागनी अभिवृद्धि र यातयात क्षेत्रको पूर्वाधार विकासमा सहकार्यका पर्याप्त संभावना रहेको भन्दै नेपालमा राजनैतिक स्थायित्व कायम भई लगानीमैत्री वातावरण बन्दै गएकोले पूर्वाधार र ऊर्जा क्षेत्रमा रुसी लगानी भित्रने विश्वास  व्यक्त गरे । 


प्रतिक्रिया