`

गत निर्वाचनमा जनमोर्चा अध्यक्ष केसीको खर्च १८ लाख १४ हजार

Nepal One HD ११ वैशाख २०८० ९:३९
प्रमुख खबर

काठमाडौं – राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गत निर्वाचनमा १८ लाख १४ हजार खर्च गरेका छन् । केसीले आफूले निर्वाचनमा गरेको खर्चको विवरण निर्वाचन कार्यालयमा बुझाएका छन् । उनले बुझाएको विवरण अनुसार १८ लाख १४ हजार खर्च भएको हो ।

बागलुङ–१ बाट प्रतिनिधिसभामा निर्वाचित केसीको सवारी साधन भाडा तथा इन्धनमा ८ लाख ६० हजार, कार्यालय संचालनमा २ लाख ५० हजार, मतदाता नामावली खरिद, छपाई र फोटोकपीमा ९० हजार, प्रतिनिधि परिचालन खर्च २ लाख ५० हजार खर्च भएको छ ।

यस्तै उनले  प्रचार सामग्रीमा २ लाख १० हजार, सामग्री ढुवानीमा २० हजार, विद्युतीय छापा खर्च ४० हजार खर्च गरेको बिवरण आयोगलाई बुझाएका हुन् । यस्तै सामाजिक संजाल खर्च १० हजार र विविध खर्चमा १ लाख ३४ हजारसहित १८ लाख १४ हजार खर्च भएको छ ।


प्रतिक्रिया