`

बारा -२ को मतगणना लाइभ गर्न सिके राउतको माग

Nepal One HD ११ वैशाख २०८० १२:३३
प्रमुख खबर

काठमाडौं – जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले बारा -२ उपनिर्वाचनको मतगणनाको प्रत्यक्ष प्रसारण गर्न माग गर्नुभएको छ।

बारा- २ स्थित सुवर्ण गाउँपालिकाका ४ वटा बाकसमा सिल टुटेको भन्दै राउतले मतगणनाको लाइभ गर्न माग गर्नुभएको हो।

अध्यक्ष राउतले सामाजिक सञ्जाल ट्विटरमा एउटा भिडियो पोष्ट गर्दै लेख्नुभएको छ, ‘बारा- २ मा मतगणना स्थलको लाइभ हुनुपर्छ।‌ सप्तरी-२ मा हामीले भोगिसकेका छौं, हार्न लागेपछि जसपाले भित्र नै उत्पात र दंगा मचाएर निर्वाचन बदर गराउने कसरी कोसिस गरेको थियो। प्रहरी प्रमुखको मिलेमतो थियो।’

बारा २ मा सुवर्ण गाउँपालिकाका ४ वटा बाकसको सिल टुटेको भेटिएको छ। आइतबार बारा- २, चितवन २ र तनहुँ- १ मा उपनिर्वाचन भएको थियो।


प्रतिक्रिया