`

बारा २ मा उपेन्द्र यादवकाे अग्रता कायमै

Nepal One HD ११ वैशाख २०८० १५:३२
प्रमुख खबर

​​​​​बारा – बारा २ मा सत्ता गठबन्धनका उम्मेदवार जसपाका अध्यक्ष उपेन्द्र यादवले अग्रता कायमै राख्नुभएकाे छ । 

पछिल्लो मतपरिणाम अनुसार जसपाका यादवले ५१३ मतका साथ अग्रता लिइरहनुभएकाे छ । उहाँलाई पछ्याइरहनुभएका जनमत पार्टीका शिवचन्द्र कुशवाहले ४८५ मत पाउनुभएकाे छ । 

यसैगरी, एमालेका पुरुषोत्तम पौडेलले ४२० मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले २०६ मत पाएका छन् । 


प्रतिक्रिया