`

ओलीको भेट लगत्तै प्रचण्डले बोलाए सत्ता गठबन्धनको बैठक

Nepal One HD २३ वैशाख २०८० १५:१४
राजनीति

काठमाडौं –  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग सिंहदरबारमा भेट गरेसँगै  प्रधानमन्त्री प्रचण्डले सत्ता गठबन्धनको बैठक बोलाउनुभएकाे छ । 

सत्ता गठबन्धनको बैठक  शनिबार साँझ ५ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाइएको हो। 

ओली र दाहालकाे भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेसविज्ञ मनोहरि तिमिल्सिनाले जानकारी दिनुभयो । मुलुकको पछिल्लो समसामयिक विषयमा उहाँहरूबीच छलफल भएको उहाँले बताउनुभयो । नक्कली शरणार्थी प्रकरणमा पार्टीका उच्च नेता जोडिएपछि यसअघिको भेटमा एमाले अध्यक्ष ओलीले निर्दोष फस्न नहुने र दोषी उम्कन नहुने विषयमा प्रधानमन्त्री दाहालको ध्यानाकर्षण गराएको बताउनुभएको थियो ।


प्रतिक्रिया