नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका टोपबहादुर रायमाझीको अवस्थाका बारेमा सरकारले स्पष्ट पार्नु पर्छ : शेरबहादुर तामाङ

राजनीति

काठमाडौँ – नेकपा (एमाले) का नेता शेरबहादुर तामाङले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पार्टी सचिव टोपबहादुर रायमाझीको अवस्थाका बारेमा सरकारले स्पष्ट पार्नुपर्ने बताउनुभएको छ ।
शनिबार काठमाडौँमा एक कार्यक्रममा बोल्दै उहाँले रायमाझीलाई गैरन्यायिक हिरासतमा राखिएको आशङ्का गर्दै सरकारले नै उनको अवस्थाका बारेमा स्पष्ट पार्नुपर्ने बताउनुभएको हो ।
नेता तामाङले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो दलले अनुसन्धानमा सकारात्मक सहयोग पुर्याउने बताउनुभयो । उहाँले उक्त प्रकरणको अनुसन्धान प्रक्रियामा सीमित मान्छेहरूलाई कारबाही गरेको देखाएर कतै अरूलाई उम्काउन त खोजिएको भन्दै प्रश्न गर्नुभयो ।
तामाङले वर्तमान सरकारले पाँच वर्षभन्दा पुरानो भ्रष्टाचारका विषयमा मुद्दा नलाग्ने ढङ्गले संसदद्धारा कानुन पारित गर्न खोजेको पनि आरोप लगाउनुभयो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट