`

सांसद अमरेशकुमार सिंहको स्वास्थ्य जाँच गर्न संसदमा एमालेको माग

Nepal One HD २५ वैशाख २०८० ११:५८
प्रमुख खबर

काठमाडौं – नेकपा एमालेका सांसद अच्युत मैनालीले स्वतन्त्र सांसद अमरेशकुमार सिंहको स्वास्थ्य जाँच गर्न माग गरेका छन् ।

सोमबार बसेको प्रतिनिधिसभा बैठकको शुन्य समयमा बोल्दै मैनालीले स्वास्थ्य जाँचको माग गरेका हुन् । बैठक सुरु भएलगत्तै सांसद सिंहले लुगा खोलेर हंगामा मच्चाएका थिए ।

उनले भने, ‘संसदमा जे गतिविधि देखिएको छ । म मनानीय सदस्यको स्वास्थ्य जाँचको माग गर्दैछु ।’ आफुलाई बोल्न समय नदिएको भन्दै बैठक सुरु हुनासाथ उठेर विरोध गर्दै सिंहले विरोध गरेका थिए । सिंह उठेर लुगा खोल्दै नाङगो भएपछि सभामुखले असभ्य व्यवहार नदेखाउन चेतावनी दिएका थिए ।


प्रतिक्रिया