`

प्रधानमन्त्री प्रचण्ड,देउवा र ओलीबीच बालुवाटारमा भेटवार्ता

Nepal One HD २६ वैशाख २०८० १०:१८
प्रमुख खबर

काठमाडौँ –  प्रमुख तीन दलका शीर्ष नेताबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भइरहेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलबीच भेटवार्ता भएको छ । 

आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा उहाँहरुबीच भेटवार्ता जारी रहेको छ । नेतात्रयबीचको भेटवार्ताको विषय सार्वजनिक भएको छैन ।  

बैठकमा समसामयिक विषयमा छलफल हुने जनाइएको छ ।


प्रतिक्रिया