`

टोपबहादुर रायमाझीको घरमा प्रहरीले मार्याे छापा

Nepal One HD २६ वैशाख २०८० १६:५३
प्रमुख खबर

काठमाडौं – नेकपा एमालेका सचिव एवं पूर्वमन्त्री टोपबहादुर रायमाझीको घरमा प्रहरीले छापा मारेको छ ।

रायमाझीको सातदाेबाटाेस्थित घरमा काठमाडौं र ललितपुरको प्रहरी टोली छापा मार्न पुगेको हो ।

नक्कली शरणार्थी प्रकरणमा रायमाझी पनि प्रहरी अनुसन्धानमा तानिनुभएकाे छ  । उहाँमाथि पक्राउ पूर्जी जारी भइसकेको छ । हाल रायमाझी सम्पर्कविहीन हुनुहुन्छ ।

प्रहरीले हिजोमात्र देशभरका युनिटमा निर्देशन दिँदै रायमाझीलाई खोजी गर्न भनेको थियो ।


प्रतिक्रिया