कांग्रेसको पदाधिकारी बैठक अघि प्रधानमन्त्री प्रचण्डसँग देउवा र पूर्णबहादुर खड्का बीच छलफल


काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच बालुवाटारमा भेटवार्ता भएको छ ।
बिहिबार प्रधानमन्त्री भेट्न उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्कासहित देउवा बालुवाटार पुग्नुभएको थियो ।
नक्क्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउ परेपछि राजनीतिक वृत्त तरंगित छ । त्यस विषयमा छलफल गर्न आज कांग्रेसको पदाधिकारी बैठक बस्दैछ । बुधबार बसेको कांग्रेसको बैठकमा नेता खाणलाई निलम्बन गर्नुपर्ने माग उठेको थियो ।
पार्टीको बैठक बस्नुअघि देउवा लेप्रधानमन्त्री प्रचण्डसँग छलफल गर्नुलाई निक्कै चासोका साथ हेरिएको छ । हिजो पनि प्रधानमन्त्री, गृहमन्त्री नारायणकाजी श्रेष्ठ, एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि छलफल गर्नुभएको थियो ।
भेटवार्ता सरकारले ल्याउने नीति तथा कार्यक्रम र बजेटबारे केन्द्रित रहेका प्रधानमन्त्रीका प्रेस विज्ञ मनहरि तिमल्सिनाले बताउनुभयो ।