`

टोपबहादुरको पत्र बुझाउने व्यक्तिको खोजी गर्दै सीआईबी : संसद्‍ सचिवालयको सीसीटीभी फुटेज लगियाे

Nepal One HD २९ वैशाख २०८० १७:४९
प्रमुख खबर

काठमाडौं – टोपबहादुर रायमाझीको पत्र बुझाउन आउने व्यक्तिको खोजी गर्न केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले संघीय संसद सचिवालय सिंहदरबारको सीसीटिभी फुटेज लगेको छ।

सीआईबीले शुक्रबार फुटेज लगेको संसद सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिनुभयाे।  नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर ठगी गरेको प्रकरणमा पक्राउ पूर्जी जारी भएपछि  पूर्वमन्त्री तथा सांसद टोपबहादुर फरार छन्।

फरार रहेकै बेला उनको तर्फबाट संघीय संसदलाई आफू बिरामी भएको भन्दै टोपबहादुर पत्र पठाएका थिए । टोपबहादुरको पत्र लिएर संसद सचिवालय पुग्ने व्यक्तिको खोजी गर्न सीसीटीभी फुटेज लगिएको सीआईबीले जनाएको छ।

पत्र बुझाउने व्यक्तिको पहिचान भएको अवस्थामा उनीमार्फत टोपबहादुरसम्म पुग्न सकिने आँकलन गर्दै सीआईबीले सीसीटीभी फुटेज लगेको हो। 

यो ठगी प्रकरणमा नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित १२ जना व्यक्ति पक्राउ परेका छन् ।  पक्राउ पूर्जी जारी भएका केही व्यक्ति भने अहिलेसम्म फरार छन्। 


प्रतिक्रिया