हिरासतको शौचालयमै चिप्लिए पूर्वसांसद आङतावा शेर्पा
काठमाडौं – प्रहरी परिसर काठमाडौंको हिरासतमा रहेका नेपाली कांग्रेसका पूर्वसांसद आङतावा शेर्पाको टाउकामा चोट शौचालयमा लडेर लागेको प्रहरीले बताएकाे छ।
परिसरका प्रमुख एसएसपी दानबहादुर कार्कीले शेर्पा राति शौचालयमा लडेको र टाउकामा चोट लागेको बताए। यसअघि प्रहरीले चोटको कारण खुलाएको थिएन।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि फरार उनले हिजो (सोमबार) साँझ मात्र प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए। तर राति उनको टाउकामा गम्भीर चोट लागेपछि प्रहरीले ट्रमा सेन्टर लगेकाे थियाे । टाँका लगाए पछि अहिले पूर्वसांसद शेर्पा प्रहरी परिसरकै नियन्त्रणमा छन्।
हिरासतमा रहेका अभियुक्तसँग भेटेर उनले कांग्रेस नेता बालकृष्ण खाँणको नाम नलिन दवाव दिएको सूचना वाहिर आएको थियो । पीडितको रकम फिर्ता गरिदिने भन्दै खाँणको नाम नपोल्न उनले दबाब दिंदै आएका थिए ।
आंकेटवामाथि नक्कली तिब्बतिएन बनाएर नेपालीहरुलाई अमेरिका पठाएकोसमेत आरोप छ ।
