शरणार्थी प्रकरणमा तथ्यले दोषी देख्छ भने जो कोही पनि दण्डित हुनै पर्छ : प्रदीप ज्ञवाली

प्रमुख खबर

काठमाडौँ – नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले नक्कली शरणार्थी प्रकरणमा नाम जोडिएकालाई एमालेले कारबाही गरे पनी नेपाली काँग्रेसले संरक्षण गरेको बताएका छन् ।
आज प्रेस चौतारी कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले भने, ‘नक्कली शरणार्थीमा तथ्यले दोषी देख्छ भने जो कोही पनि दण्डित हुनै पर्छ किनभने यो सानो ठगी, अपराध मात्रै होइन, नागरिकलाई अनागरिक बनाएर बाहिर पठाउने भन्ने हो, हाम्रो हिजोसम्म सचिव रहनुभएको साथी जोडिनुभयो, उहाँ दोषी हो कि निर्दोष हो, भोलि छानबिनले बताउँला, छानबिनलाई सजिलो होस् भन्नका निमित्त हामीले निलम्बन गर्यौं, तर, अर्को पार्टीले संरक्षण नै गरिराखेको छ ।’
शरणार्थी प्रकरणमा जुन हदसम्म प्रमाणले पुष्टि गर्छ, जो आएपनि कारबाही हुनुपर्ने उनले बताए ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट