संसदीय सुनुवाइ समिति नहुँदा प्रधानन्यायाधीश नियुक्त हुन सकेन : रामहरि खतिवडा

राजनीति

काठमाडौँ – नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले संसदीय सुनुवाइ समिति नहुँदा प्रधानन्यायाधीश नियुक्त हुन नसकेको बताए ।
मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले संवैधानिक परिषद्को सिफारिसपछि उक्त समितिमा प्रधानन्यायाधीशको सुनुवाइ हुने व्यवस्था रहेको बताएका छन् । सुनुवाइपछि सिफारिस स्वीकृत भएमा नियुक्तिका लागि योग्य मानिन्छ उनले बताएका हुन्।
उनले भने, “संसदीय सुनुवाइ समिति नहुँदा प्रधानन्यायाधीश नियुक्त हुन सकेनन् । जसले एक लाख ६८ हजार मुद्दा सुनुवाइ थाती छन् । चाँडोभन्दा चाँडो प्रधानन्यायाधीश नियुक्त गरियोस् ।”
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट