`

सांसद ढाकाकुमारलाई छानबिन गर्न महेश बस्नेतको आग्रह

Nepal One HD १० जेठ २०८० १३:५०
प्रमुख खबर

काठमाडौँ – नेकपा एमालेका नेता महेश बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सांसद ढाकाकुमार श्रेष्ठ बारे सम्बन्धित पार्टी र अधिकारिक निकायले उचित छानबीन गर्न आग्रह गरेका छन् ।

बुधबार बस्नेतले समाजीक सञ्जाल फेसबुकमा ढाकाकुमार श्रेष्ठले पोष्ठ गरेको सामाग्री राख्दै यस्तो पोष्ट गरेका हुन् । बस्नेतले लेखेका छन्, रास्वपाबाट निष्कासित सांसद ढाकाकुमार श्रेष्ठको बोली जस्ताको त्यस्तै सोसियल मिडिया मार्फत बाहिर ल्याएका छन् । सम्बन्धित पार्टी र अधिकारिक निकायले उचित छानबीन गर्न भनेका छन् ।

ढाकाकुमार श्रेष्ठले समाजीक सञ्जालमा लेखेको पोष्ठ यस्तो छ,

मसँग धेरै पैसा थिएन, सांसद बन्ने नाउमा तीन करोडभन्दा बढी सकें समानुपातिक सांसद बन्नका लागि उपसभापति डी पी अर्याललाई १ करोड र महामन्त्री मुकुल ढकाललाई दुई करोड ८४ लाख नगद बुझाए । पछि पनि पार्टी काममा खटिँदा शीर्ष नेताहरूले लाखौँ रुपैयाँ खर्च गर्न बाध्य पारेको उनको गुनासो छ ।

विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग घुस मागिएको भनिएको ‘कथित टेलिफोन प्रकरणमा मलाई अहिले उनै साथीहरूले घात गरेँ। ममाथि अन्याय गरेँ। पार्टीले मलाईं मात्र दोषी बनायो। सभापती, ।उनको पत्नि , उपसभापती र महामन्त्री पानीमाथिको ओभानो बने ’ ।

रास्वपाबाट निष्कासित भएपछि सांसद पद गुमाएका उनी यतिबेला न्याय माग्दै सर्वोच्च अदालत गएका छन्। अदालतमा विचाराधीन मुद्दाका सन्दर्भमा धेरै बिषय अहिले नबोल्ने बताइरहेका ढाकाकुमारले आफूले अदालतबाट न्याय पाइछाड्ने दाबी गर्छन्। ‘मेरो कुनै गल्ती छैन। म न्याय पाउँछु,’ त्यस पछि सबै कुरा बोल्नेछु , उनले भने।

‘भर्खरै पार्टीमा जोडिएको थिएँ, मेरो कसैसँग चिनजान पनि थिएन। सांसद हुनुअघि रविजीसँग पार्टी कार्यालयमा दुईपटक भटघाट भएको थियो। उहाँले मलाई महामन्त्रीसँग समन्वय गर्नुहोस् भन्नुभयो, त्यसपछि मैले मुकुलजीसँग सम्पर्क गरेँ। पार्टीले समानुपातिक सूची तयार पार्दै थियो। उपसभापति डीपीजीले मलाई एकदिन राति फोन गरेर मेरो राजनीतिक पृष्ठभूमि, आर्थिक अवस्था, अध्ययन र पार्टीको गतिविधि कस्तो भइरहेको छ भनेर सोध्नुभयो? मैले सबै भनिबताएँ, अनि कुराकानी सकियो।

अर्कोदिन दिउँसोतिर महामन्त्रीजीको फोन आयो, उहाँले तपाईंको नाम सांसद हुने सूचीमा राखेका छौँ भन्नुभयो। त्यहाँ चाहीँ आन्तरिक भोटिङको नाटक पनि मन्चन गरियो थियो! म महिलो नम्बरमा भएको बताउनुभयो। मैले पनि सहमति जनाएँ। मुकुलजीले पार्टीलाई आर्थिक सहयोग चाहिन्छ भन्नुभयो, मैले पनि हुन्छ भनेँ। ऋण कारेर जम्मा गरेको पैसा, ३ करोड भन्दा बढी रकम काठमाण्डौँ आएको बेला रेस्टुरेन्ट र पार्टी कार्यालयमै गएर दिएँ। अनि समानुपातिक सांसद बनेँ।’ रबि जी हरुको तरिका नौटंकी बढी पुरानो रक्सि नयाँ बोतल हाले जस्तै हो !


प्रतिक्रिया