`

झुटको खेती बन्द गर,नक्कली भुटानी शरणार्थी प्रकरणमा मेरो संलग्नता छैन : राजेश बज्राचार्य

Nepal One HD १० जेठ २०८० २०:३६
प्रमुख खबर

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा अनावश्यक रुपमा नाम मुछिएको भन्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका प्रमुख स्वकीय सचिव राजेश बज्राचार्यले आपत्ती जनाउनुभएको छ ।

बज्राचार्यले सामाजिक सञ्जालमा लेख्दै उहाँले अभियुक्त केशव दुलालको बयानको हवाला दिंदै विभिन्न सञ्चार माध्यमले आफ्नो नाम उल्लेख गरेर समाचार सम्प्रेषण गरेकोप्रति गम्भिर ध्यानआकर्षण भएको उल्लेख गर्नुभएको छ ।

बज्राचार्यले अभियुक्त दुलालसँग आफ्नो कुनै चिनजान नभएको र चिनजानै नभएको व्यक्तिले गम्भिर अपराधमा आफ्नो नाम किन पोले र पोल्न लगाए यसको कारण आफुले बुझ्न नसकेको उल्लेख गर्नुभएको छ ।

‘नक्कली भुटानी शरणार्थी बनाएर विदेश पठाउने कुरा मलाई थाहा भएको विषय होइन । मैले नचिनेको व्यक्तिले दिएको र दिन लगाएको बयानका आधारमा मेरो चरित्र हत्या हुने गरी समाचार सम्प्रेषण नगरिदिनुहुन म सबै सञ्चार माध्यमहरुलाई हार्दिक अनुरोध गर्दछु’ बज्राचार्यले फेसबुकमा लेख्नु भएको छ ।


प्रतिक्रिया