शरणार्थी प्रकरण : आफ्नो पीएसओमार्फत टेकनारायण पाण्डेले जम्मा गराएका थिए ८५ लाख भन्दा बढि रकम
काठमाडौँ – नक्कली शरणार्थी प्रकरणमा तत्कालीन गृहसचिव टेकनारायण पाण्डेले २०७८ मंसिर २ गतेदेखि २०७९ जेठ २३ गतेसम्म आफ्नो विभिन्न बैंक खातामा ८४ लाख भन्दा बढि जम्मा गरेको खुलेको छ ।
उनले करिब ८ महिनाको अबधिमा मात्र ८४ लाख ९५ हजार रुपैयाँ जम्मा गरेको खुलेको छ । उनले आफ्नो व्यक्तिगत सुरक्षा गार्ड (पीएसओ) मार्फत बैंक खातामा पैसा जम्मा गर्दै आएको पाइएको छ ।
प्रतिवादी केशवप्रसाद दुलालले तत्कालीन गृहसचिव पाण्डेलाई बुझाएको १ करोड २४ लाख ५० हजार नगदमध्ये पाण्डेले ८ महिनाको अवधिमा ८४ लाख ९४ हजार रुपैयाँ आफ्नो खातामा जम्मा गरेको पाइएको हो ।
पाण्डेले आफ्नो सञ्चय कोष, नागरिक लगानी कोष र हिमालयन बैंकको खातामा ८४ लाख ९४ हजार ९८ रुपैयाँ जम्मा गरेको पाइएको हो ।
प्रहरीले प्रमाणका रूपमा पेश गरेको बैंक भौचर सहितका कागजातका अनुसार उनले २०७८ मंसिर २२ गते एभरेष्ट बैंकमा २ लाख नगद, सन् २०२१ डिसेम्बर ९ तारेखमा हिमालय बैंक लिमिटेडमा ९ लाख ४० हजार ६४२ रुपैयाँ नगद जम्मा गरेका थिए ।
त्यसैगरी २०७८ फागुन ११ गते पाण्डेले एभरेष्ट बैंकमा २१ लाख ५० हजार नगद, २०७८ फागुन २३ गते एभरेष्ट बैंकमा ५७ हजार ४५३ रुपैयाँ, २०७८ फागुन २६ गते हिमालय बैंक लिमिटेडमा १२ लाख ३ हजार ८३२ रुपैयाँ नगद जम्मा गरेका थिए ।
त्यसैगरी २०७८ मंसिर १५ गते एभरेष्ट बैंकमा पीएसओको नाममा काटिएको चेकमार्फत ४ लाख रुपैयाँ, २०७९ जेठ २३ गते एभरेष्ट बैंकमा १५ लाख नगद, सन २०२१ चैत ५ गते एभरेष्ट बैंकमा चेकमार्फत ४ लाख २७ हजार १७० रुपैयाँ जम्मा गरेका थिए ।
त्यसैगरी २०७८ मंसिर २ गते ४५ हजार नगद एकपटक र सोही दिन ४ लाख ५५ हजार नगद अर्कोपटक अनि सन् २०२२ जुलाई ११ तारिखमा एभरेष्ट बैंकमा १० हजार नगद जम्मा गरेका थिए ।
पाण्डेले आफ्नो बैंक खातामा जम्मा गराएको रकम विवरण यस्तो छ : –


