`

हामीले चेकलिष्ट अनुसार काम गर्छौँ, चेकलिष्टको एक नम्बरमा ‘भ्रष्टाचार अन्त्य’ लेखेका छौँ : रवि लामिछाने

Nepal One HD १३ जेठ २०८० १५:३०
प्रमुख खबर

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले रास्वपा जनताको आवश्यकताको कारण जन्मिएको पार्टी भएको दाबी गरेका छन् ।

आज रास्वपाको ललितपुर महानगर भेलालाई सम्बोधन गर्दै लामिछानेले रास्वपा पार्टीले के कामलाई कति प्राथमिकताका साथ अगाडि बढाउने विषयमा ‘चेकलिष्ट’ नै तयार पारेको उनले बताए । हामीले तयार पारेको ‘चेकलिष्ट’ को पहिलो नम्बरमा नै भ्रष्टाचार अन्त्य भनेर लेखिएको लामिछानेको भनाई छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘पहिला के गर्ने र पछि के गर्ने भन्ने कुराको चेकलिष्ट राष्ट्रिय स्वतन्त्र पार्टीसँग छ र त्यो चेकलिष्टको बुँदा नम्बर १ मा भ्रष्ट्राचार अन्त्य भनेर लेखेका छौँ । हामीले चेकलिष्ट अनुसार काम गर्छौँ । तपाईँले दिनु भएको चेकलिष्ट समाजले दिएको चेकलिष्ट, हाम्रो मूल काम भ्रष्टाचारको जरो उखाल्नु नै हो । हामी हाम्रो चेकलिष्टमा भएका सबै काम गर्छौँ । तर जत्ति भोक लागे पनि थाल खान सकिन्न खाने भनेको गाँस नै र हाम्रो पहिलो गाँस भ्रष्टाचारको अन्त्य हो।’

उनले अर्को प्रशंग जोड्दै भने, शरणार्थी प्रकरणमा मुछिएकाहरू जरा नभई हाँगा मात्रै हुन् । ‘अहिले शरणार्थी प्रकरणमा मुछिएका मानिसहरू देखेर तपाईँहरूलाई ओहो कत्रा कत्रा मान्छे समातिए भन्ने तपाईँहरूलाई लागेको होला तर म भन्छु अहिले जो देखिएका , ठुला भनिएका नेताहरू जो समातिए ती भ्रष्टाचारका जरा होइनन् हाँगा मात्र हुन् । अहिले जरा सम्म पुग्न सकेको अवस्था छैन । त्यसैले जरा सम्म पुगोस् भनेर रास्वपाले आवाज उठाउन थालिस्यो । उनले भने ।’


प्रतिक्रिया