`

“अखण्ड भारत” को नक्सामा लुम्बिनी र कपिलवस्तु समेटिएकोमा केपी ओलीको आपत्ति

Nepal One HD १६ जेठ २०८० १७:४९
प्रमुख खबर

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारतको नयाँ संसद भवनमा राखिएको “अखण्ड भारत” को नक्सामा नेपालका भूभागहरू समेत समावेश गरिएकोप्रति आपत्ति जनाउनुभएको छ । 

मंगलबार पार्टी कार्यालय च्यासलमा अखिल नेपाल महिला सङ्घले आयोजना गरेको कार्यक्रममा ओलीले नेपालका भूभागहरूलाई समावेश गर्दै आफ्नो नक्सामा राखेर भारतले नेपालप्रति हेपाहा प्रवृत्ति देखाएको समेत बताउनुभयो ।

उहाँले प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणका क्रममा उक्त नक्सा हटाउन भन्नसक्नुपर्ने बताउनुभयो । राष्ट्रहितमा कुरा गर्न नसके प्रधानमन्त्रीको भारत भ्रमणको कुनै अर्थ नहुने उहाँको भनाइ छ । नेपालको भूमि आफ्नो नक्साभित्र हालेर भारतजस्तो नमुना लोकतन्त्र भनिएको देशले हेपाहा काम गरे त्यसलाई उचित भन्न नसकिने उहाँले बताउनुभयो ।  

ओलीले विश्वमै ठुला देशले साना देशलाई हेप्ने क्रमले निरन्तरता पाए पनि संयुक्त राष्ट्रसङ्घ निरीह रहेको बताउनुभयो । 


प्रतिक्रिया