`

राप्रपाद्वारा प्रतिनिधिसभाको बैठक स्थगन प्रस्ताव पेश

Nepal One HD २१ जेठ २०८० ११:४३
प्रमुख खबर

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज बस्न लागेको प्रतिनिधिसभाको वैठक स्थगत गर्न प्रस्ताव पेश गरेको छ ।

राप्रपाले संसदको नियमावली २०७९ को नियम ७४ बमोजिम आइतबारको संसद वैठकको कार्यक्रम स्थगत गर्न प्रस्ताव गरेको हो । अत्यन्त जरुरी सार्वजनिक महत्वको विषयमाथि छलफल गर्न भन्दै राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले सो प्रस्ताव पेश गरेका हुन् ।

राष्ट्रपतिले नीति र नियमविपरित नागरिकता विधेयक प्रमाणीकरण र प्रधानमन्त्रीले भारत भ्रमणमा मुलुकको हितविपरीत कार्य गरेको कुरा उठेकाले यस विषयका छलफल नगरी संसद नियमित रुपमा अगाडि नबढ्ने भएकाले निर्धारित सबै कार्यक्रम स्थगित गर्न शाहीले माग गरेका छन् ।


प्रतिक्रिया