राष्ट्रियसभाको बैठक भोलिलाई सारियो

राजनीति

काठमाडौँ – राष्ट्रियसभाको आज बस्ने भनीएको बैठक सोमबारलाई सरेको छ ।
आइतबार प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको अवरोधपछि २९ मिनेटका लागि स्थगित भएको बैठक भोलिमात्रै बस्ने गरी सरेको हो । बैठक भोली अपराह्न १:०१ बजे राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिनाले बताए ।
राष्ट्रपतिबाट संसद् छलेर असंवैधानिकरूपमा विवादास्पद नागरिकता विधेयक प्रमाणीकरण गरेको तथा प्रधानमन्त्रीले विदेशी भूमिमा गएर देशको भूभाग साटफेर गर्ने भनी दिएको अभिव्यक्ति राष्ट्रघाती रहेको भन्दै एमालेसहित राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले सदन अवरोध गरेको थियो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट