एसका केन्द्रीय उपाध्यक्ष केदार न्यौपाने एमालेमा प्रवेश

राजनीति

काठमाडौँ – माधव कुमार नेपालले नेतृत्व गर्नुभएको नेकपा एकीकृत समाजवादी पार्टीमा झड्का लागेको छ ।
एस पार्टीका केन्द्रीय उपाध्यक्ष केदार न्यौपाने पार्टी विभाजनको दुई वर्षपछि नेकपा एमालेमा फर्किएका छन् । न्यौपानेलाई एमाले अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेल लगायतले पार्टीमा स्वागत गरेका छन् ।
केही समयअघि नेकपा एसको नीति तथा कांग्रेसपरस्त प्रवृत्तिसँग असहति जनाउँदै राजीनामा दिएका न्यौपाने एमालेमा समाहित भएका हुन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट