`

प्रधानमन्त्री प्रचण्डलाई योगेश भट्टराईको प्रश्न : मृत्यु भइसकेको विधेयक प्रमाणीकरण गर्न सिफारिस गर्ने अधिकार कसले दियो ?

Nepal One HD २२ जेठ २०८० ११:५७
प्रमुख खबर

काठमाडौँ – नेकपा एमालेका नेता तथा सांसद योगेश भट्टराईले प्रधानमन्त्रीलाई विधेयक प्रमाणीकरण गर्न सिफारिस गर्ने अधिकार कसले दियो ? भनेर प्रश्न गरेको छ ।

सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो प्रश्न गरेका हुन् । उनले राष्ट्रपतिलाई गैरसंवैधानिक काम गर्न उक्साएको आरोप लगाए।

उनले संसदको नियमावलीमा संसदको विशेषाधिकार हनन गर्नेमाथि कारबाही हुनसक्ने बताए।

उनले भने, ‘राष्ट्रपति संसदभन्दामाथि हुँदैन। राष्ट्रपति भनेको संसदको अंग हो। राष्ट्रपतिले संसदबाट पठाएको प्रमाणित गरेको विधेयक प्रमाणीकरण गर्ने अधिकार छ।’

मृत्यु भइसकेको विधेयक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ब्यूताउन नमिल्ने बताए।

उनले भने, ‘मृत्यु भइसकेको विधेयकलाई व्यूझाउने तागत प्रधानमन्त्रीसँग छ भने प्रधानमन्त्रीसँग मेरो अनुरोध छ द्वद्वकालमा मारिका १७ हजार मान्छेलाई पनि ब्यूताइदिउन त एकपटक। यदि ब्यूताउने अधिकार छ भने।’


प्रतिक्रिया