प्रधानमन्त्रीलाई गोकुल बास्कोटाको व्यंग्य : कला प्रदर्शन गर्न माहिर छन्

राजनीति

काठमाडौँ – नेकपा एमालेका नेता तथा गोकुल बास्कोटाले नागरिकता विधेयक प्रमाणीकरणको विषयमा टिप्पणी गर्दै राष्ट्रपतिलाई बडामहाराजधिराज बनाएको हो ? भन्दै प्रश्न गरेका छन् ।
सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले प्रधानमन्त्री कला प्रदर्शन गर्न माहिर रहेको भन्दै व्यंग्य गरेका छन् ।
भारत भ्रमणको विषयमा प्रधानमन्त्रीले सीमाको विषय गिजोलेको उनको टिप्पणी छ ।
उनले भने, ‘बुद्धिजीवी देखाएर बंगलादेश मोडेलजस्तो गर्न खोजेजस्तो देखियो । तपाईंले भन्नुभयो- बंगलादेश मोडलमा कुराकानी भएको छ । बंगलादेश कुनै बेला अग्रेजसँग विभाजन हुँदा भारतकै थियो । तर, नेपाल छुट्टै राज्य हो भारतभन्दा पहिला यो हेक्का हुनुपर्छ । कालापानीबाट सेना हटाउनुपर्छ भन्ने विश्वास थियो तर यसलाई गिजोल्ने काम भएको छ ।’
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट