`

प्रधानमन्त्रीले आफ्नो मन्तव्य दिँदा निकै झ्वाँक देखाए : योगेश भट्टराई

Nepal One HD २२ जेठ २०८० १४:५३
राजनीति

काठमाडौं – नेकपा एमालेका सांसद योगेश भट्टराईले प्रधानमन्त्रीले आफ्नो मन्तव्य दिँदा निकै झ्वाँक देखाएको बताए ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले नागरिकता विधेयकको कन्टेनमा बहस गर्न आफूहरू तयार रहेको बताएका हुन् ।

उनले भने, ‘प्रधानमन्त्रीले आफ्नो मन्तव्य दिँदा निकै झ्वाँक देखाउनुभयो । यसरी झ्वाँक देखाउने छुट तपाईंलाई छैन । नागरिकता विधेयक प्रक्रियागत हिसाबले हामीले प्रश्न उठाएका हौं । कन्टेनमा छलफल गर्न हामी तयार छौं ।’

भूमि साटफेरको विषयमा आफैँले बोलेको कुरालाई नढाँट्न उनले सुझाए ।


प्रतिक्रिया