मिचिएको संविधानलाई ट्रयाकमा ल्याउन नागरिकता विधेयक प्रमाणीकरण गरियो : प्रधानमन्त्री प्रचण्ड


काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा दुई दुईपटक पारित गरेर पठाएको नागरिकता विधेयक प्रमाणीकरण नगरेर तत्कालीन राष्ट्रपतिबाट संविधान मिचिएको बताउनुभएकाे छ ।
सोमबार बसेको प्रतिनिधिसभा बैठकमा सांसदहरुको प्रश्नको उत्तर दिँदै उहाँले नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपतिबाट संविधान मिचिएको बताउनुभयाे ।
संघीय संसदको दुवै सदनले दुईपटक पारित गरेर प्रमाणीकरण गर्न पठाएको नागरिकता विधेयक रोकेर तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान मिचेको बताउनुभयाे । मिचिएको संविधानलाई ट्रयाकमा ल्याउन वर्तमान राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरण भएको प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।
सरकार परिवर्तनसँग आउने नयाँ सरकारले पूर्ववर्ती सरकारले गरेका कार्यलाई निरन्तरा दिनुपर्ने भन्दै उहाँले संसद पनि अविछिन्न उत्तराधिकार संस्था रहेको बताउनुभयाे ।