`

मुटुमा समस्या देखिएपछि राष्ट्रपति पौडेल अस्पताल भर्ना

Nepal One HD ३० जेठ २०८० १४:४५
प्रमुख खबर

काठमाडौं । मुटुमा समस्या भएपछि राष्ट्रपति रामचन्द्र पौडेल मंगलबार बिहान अस्पताल भर्ना हुनु भएको छ।

मुटुमा समस्या देखिएपछि उहाँलाई मंगलबार बिहान काठमाडौंको बाँसबारीस्थित सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा भर्ना गरिएको छ।

उहाँलाई बिहान ११ बजे भर्ना अस्पताल गरिएको सचिवालय स्रोतले जनाएको छ। यसअघि शनिबार नै पौडेलको गंगालालमै स्वास्थ्य परीक्षण गरिएको थियो।

राष्ट्रपति पौडेललाई अस्पतालको भीआईपीतर्फ ६ नम्बर क्याबिनको २५४ नम्बर बेडमा राखेर उपचार थालिएको अस्पताल श्रोतले उल्लेख गरेको छ।


प्रतिक्रिया