`

आज पशुपतिको जलहरी पुनर्स्थापना गरिने

Nepal One HD १३ असार २०८० ११:१५
समाचार

काठमाडौँ । पशुपतिनाथ मन्दिरको जलहरी आज पुनर्स्थापना गरिने भएको छ । अनुसन्धानका लागि गत आइतबार निकालिएको जलहरी आज पुनर्स्थापना गर्न लागिएको हो । 

जलहरी पुनर्स्थापना गर्दा पनि भक्तजनलाई दर्शनको व्यवस्था मिलाइएको पशुपति विकास कोषले जनाएको छ । तर उत्तरी रुद्र गाडेश्वर वरपर भने सुरक्षाकर्मीले भक्तजनलाई जान दिएका छैनन् । 

यसअघि गत आइतबार जलहरी निकाल्ने क्रममा मन्दिर परिसरमा भक्तजनलाई रोक लगाइएको थियो । 


प्रतिक्रिया