`

संसद् हाईज्याक भयो : रवि लामिछाने

Nepal One HD २९ साउन २०८० १६:४७
प्रमुख खबर

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिनिधिसभा बैठकमा सभामुखले पक्षपाती व्यवहार देखाएको आरोप लगाउनुभएको छ ।

सोमबार सदन अवरुद्ध भएपछि संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले सभामुखले आफू अनुकूल सदन सञ्चालन गरेर पक्षपाती व्यवहार देखाएको आरोप लगाउनुभएको हो । सभामुखको कुर्सीमा बसेपछि व्यवहार, क्रियाकलापले दलको बन्न नपाउने उहाँले बताउनुभयो ।

लामिछानेले नियोजित रूपमा सदन हाइज्याक गरेर जनताका आवाज उठान गर्न नसकिएको गुनासो गर्नुभयो । उहाँले एमालेले लगातार सदन अवरुद्ध गरिरहेको अवस्थामा सभामुखले छानी छानी सांसदलाई बोल्न दिएको र अरू दलका सांसदहरूले बोल्न खोज्दा अन्त्यै मोडिएको तर्क गर्नुभयो ।

उहाले बन्द कोठामा सहमति गरेर नै रास्वपाका सांसदहरूलाई बोल्न नदिएको भान भएको बताउनुभयो ।


प्रतिक्रिया