`

एमाले अध्यक्ष ओली र अमेरिकन राजदूत थम्पसनबीच भेटवार्ता

Nepal One HD ५ भदौ २०८० १९:०९
राजनीति

भक्तपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग अमेरिकी राजदूत डिन आर. थम्पसनले भेटवार्ता भएको छ।

ओली सचिवालयका अनुसार एमाले अध्यक्ष ओली र राजदूत थम्पसबीच आज बालकोटस्थित ओली निवासमा भएको भेटमा देशको समसामयिक विषय र विकासका बारेमा कुराकानी भएको बताइएको छ।

एमालेका विदेश विभाग प्रमुख राजन भट्टराईको समेत सहभागिता रहेको भेटमा नेपाल र अमेरिकाबीचकोे सम्बन्धको बारेमा पनि छलफल भएको ओलीको सचिवालयले जानकारी दिएको छ।


प्रतिक्रिया