आज दिनभरको मौसम कस्तो रहला ?

प्रमुख खबर

काठमाडौं । बुधबार देशका केही स्थानमा पानी पर्ने सम्भावना रहेको छ । जल तथा मौसम विभागका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित छ। देशभर आंशिक देखि सामान्य बदली रही कोशी प्रदेशका थोरै स्थानहरूमा तथा देशका बाँकी भू(भागका एक(दुई स्थानमा हल्का वर्षा भइरहेको छ।
आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी प्रदेश सहित बागमती र गण्डकी प्रदेशका पहाडी भू(भागका केही स्थानहरूमा र देशका बाँकी भू(भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
यस्तै आज राती पनि देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशको थोरै स्थानहरूमा र बाँकी भू(भागको एक(दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट