`

कोशी प्रदेश सरकारविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै

Nepal One HD १५ भदौ २०८० १०:२७
प्रमुख खबर

विराटनगर – कोशी प्रदेश सरकारविरुद्धको मुद्दामा आज सर्वोच्च अदालतमा अन्तिम सुनुवाइ हुँदैछ ।

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले सभाध्यक्षसहितको मतमा विश्वासको मत लिएको भन्दै नेकपा एमालेले दायर गरेको मुद्दामा आज पूर्ण इजलासमा सुनुवाइ हुन लागेको हो । थापाले गत भदौ ४ गते विश्वासको मत लिँदा सभाध्यक्ष गरेका काँग्रेस सांसद ईस्राईल मन्सुरीलाई पनि विश्वासको मत दिन लगाएर बहुमत पुर्याएका थिए ।

न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले मुद्दाको पूर्ण सुनुवाइका लागि आज पेसी तोकेका थिए । आजबाट हुने पूर्ण सुनवाइमा एमालेका तर्फबाट टीकाराम भट्टराई शम्भु थापा, सतिसचन्द्र खरेल बलराम दाहाल लगायतका कानून व्यवसायीहरूले बहस गर्नेछन् ।


प्रतिक्रिया