`

सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधिश विनोद शर्मा उपर उजुरी दिन आह्वान : संसदीय सुनुवाई समिति

Nepal One HD १५ भदौ २०८० १२:१०
राजनीति

काठमाडौँ – संसदीय सुनुवाई समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधिश विनोद शर्मा उपर उजुरी दिन आह्वान गरेको छ ।

सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकले न्याय परिषद्द्वारा सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस भएका विनोद शर्मा उपर उजुरीका लागि आह्वान गर्ने निर्णय गरेको हो । समितिका सभापति पशुपतिशम्शेर जवराले संसदीय सुनुवाइको कार्यविधिअनुसार उजुरी दिन १० दिनको सूचना जारी गर्ने निर्णय गरिएको जानकारी दिनुभयो । सूचना प्रकाशित भएको मितिले १० दिनभित्र स्पष्ट आधार खोली मर्यादित भाषामा सूचना वा उजुरी दिन सकिने उहाँले बताउनुभयो ।

यसअघि भाद्र १० गते बसेको न्याय परिषद्को बैठकले शर्मालाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको थियो । उहाँलाई यसअघि पनि सर्वोच्चको न्यायाधीशमा सिफारिस गरिएको थियो। तर, संसदीय सुनुवाइ नहुँदा सुनुवाई प्रक्रिया रोकिएको थियो ।


प्रतिक्रिया