`

बागमतीमा कांग्रेसका प्रदेश संसदीय दलका प्रमुख सचेतक काफ्लेले दिए राजीनामा

Nepal One HD १९ भदौ २०८० ११:३७
प्रमुख खबर

काठमाडौं / नेपाली कांग्रेस केन्द्रिय सदस्य तथा बागमती प्रदेशसभा सदस्य कुन्दनराज काफ्लेले नेपाली कांग्रेसका बागमती प्रदेश संसदीय दलको प्रमुख सचेतकबाट राजिनामा दिएका छन् ।

प्रमुख सचेतकको भूमिकामा रहँदा पार्टी संगठन र दोलखाली जनताको सेवामा समय दिन नसकिएकाले उक्त जिम्मेवारी छाडेको उनले उल्लेख गरेका छन्।

उनले मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत् लेखेका छन् , ‘नेपाली कांग्रेस बाग्मती प्रदेश संसदीय दलको सचेतकको भूमिकाबाट राजीनामा दिएको छु। गतिशील र सबल कांग्रेसले मात्र यो देश र लोकतन्त्रको भविष्य सुनिश्चित हुने सबैमा बोध भएकै कुरा हो,’ उनले स्टाटसमा लेखेका छन्, ‘प्रमुख सचेतकको भूमिका निर्वाह गर्दा, पार्टी संगठन र दोलखेली जनसेवामा समय अभाव महसुस गरेको छु।’

काफ्ले प्रदेशसभामा दोलाखा निर्वाचन क्षेत्र नम्बर–१ (क) बाट निर्वाचित सांसद हुन् । काफ्ले नेविसंघका पूर्वमहामन्त्री हुँदै उनी कांग्रेसको १४ औं महाधिवेशनबाट केन्द्रीय सदस्यसमेत भएका थिए ।


प्रतिक्रिया