६० किलो सुन तस्करी प्रकरणमा सीआईबीले लियो पूर्वउपराष्ट्रपतिका पुत्रसँग बयान


काठमाडौँ – केन्द्रीय अनुसन्धान ब्युरोले उपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दिपेश पुनसँग बयान लिएको छ। सुन तस्करी प्रकरणमा पक्राउ परेका चिनियाँ मुलका बेल्जियन नागरिक दावा छिरिङसँगको कनेक्सनका आधारमा सीआईबीले दीपेशसँग सोमवार बयान लिएको हो ।
‘दावासँगको कनेक्सन र अन्य सूचनाका आधारमा दिपेशसँग बयान लिइएको हो,’ प्रहरी उच्च स्रोतले लोकान्तरसँग भन्यो । सीआईबीले ६० केजी सुन तस्करी प्रकरणमा संलग्नताको आशंकामा १०० जनाको सूची बनाएर अनुसन्धान गरिरहेको छ ।
दीपेशसँग ४ घण्टा बयान लिइएको प्रहरी उच्च स्रोतले लोकान्तरलाई बतायो । सुन तस्करी प्रकरणमा दिपेशको नाम जोडिएसँगै उनीमाथि अनुसन्धान गर्न माओवादी पंक्तिमा दबाब परेको थियो । पुन माओवादी केन्द्रनिकट विद्यार्थी संकगन अखिल क्रान्तिकारीका नेता हुन् ।
ठमेलमा होटल सञ्चालन गर्दै आएका छिरिङ साउन १४ गते पक्राउ परेका थिए ।