के अब हामी काठमाडौंमा एक्लै हिँड्न नसक्ने भएको हो ? :महामन्त्री थापा


काठमाडौँ / सांसदहरुले कांग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथि भएको आक्रमणको विरोध गर्दै सुरक्षाको प्रत्याभूति गराउन माग गरेका छन् ।
प्रतिनिधिसभाको बिहीबारको बैठकको सुरुमै उनीहरुले उक्त घटनाको छानविन गर्न समेत माग गरेका छन् । त्यस्तै सांसदहरुले उपचार नपाएर कान्ति बाल अस्पतालमा बालिकाको मृत्यु भएको घटनाको समेत छानविन गर्न माग गरेका छन् ।
बैठकमा कांग्रेस महामन्त्री गगन कुमार थापाले महेन्द्र यादवमाथि भएको आक्रमणको विरोध जनाउनुभयो । उहाले सांघातिक आक्रमण गर्ने मान्छे पक्राउ परेको अवस्थामा थामथुम पार्ने प्रयास गर्न लागेको भन्दै गहिराईमा पुगेर अनुसन्धान गर्न माग गर्नुभयो । उहाँले आफुहरुलाई पटक पटक बिभिन्न धम्की आएको र एक्लै हिड्न पनि कठिन भएको बताउनुभयो ।
काठमाडौंमा एउटा संविधानसभा सदस्य भएको व्यक्ति सुरक्षित नदेखिएको भन्दै हिंसालाई कुनै मानेबाट प्रश्रय दिन खोजिए ठूलो मूल्य चुकाउनुपर्ने उहाले बताउनुभयो । सांसद थापाले कान्ति बाल अस्पतालमा उपचार नपाएर बालिकाको मृत्यु भएको घटना सामान्य नभएको भन्दै सत्यतथ्य छानविन गरेर सदनलाई जानकारी गराउन माग गर्नुभयो ।