नेकपा एमाले सम्पर्क समन्वय कमिटीले सम्पन्न गर्यो नेम्वाङप्रति शोक सभा

राजनीति

काठमाडौँ – संविधानसभाका अध्यक्ष एवं नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङप्रति श्रद्धाञ्जली व्यक्त गर्दै नेकपा एमाले सम्पर्क समन्वय कमिटीले शोक सभा गरेको छ ।
शनिबार एमाले मुख्यालय च्यासलमा नेम्वाङप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसभाको आयोजना गरिएको हो ।
शोक सभामा एमाले महासचिव शंकर पोखरेलले राष्ट्रिय राजनीतिमा नेम्वाङ मुलुकलाई अपरिहार्य व्यक्ति भएको भन्दै उहाँको निधनले पार्टी र राष्ट्रलाई ठूलो क्षति पुगेको बताउनुभयो । उहाँको संविधान निर्माण गर्ने क्रममा मुलुकमा जातिय, क्षेत्रिय बिभाजनको प्रयास गरिएको अवस्थामा सवैलाई एकतावद्ध बनाउन नेम्वाङको भूमिका महत्वपूर्ण रहेको स्मरण गर्नुभयो ।
भदौ २६ गते हृदयाघातका कारण नेम्वाङको निधन भएको थियो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट