तिनकुने घटनामा संलग्न थप एक जना पक्राउ

अपराध

काठमाडौ– शुक्रबार राति काठमाडौंको तीनकुनेमा भएको सामूहिक हत्यामा संलग्न थप एक जना पक्राउ परेका छन् ।
उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर, काठमाडौंको टोलीले हत्यामा संलग्न एक जनालाई पक्राउ गरेकाे हाे । प्रहरीले पक्राउ परेका व्यक्तिको नाम भने खुलाएको छैन ।
शुक्रबार तीनकुनेस्थित दिव्य सःमिलभित्र धारिलो हतियार प्रहार गरेर हत्या गरिएको अवस्थामा एकैपरिवारका तीनसहित चार जनाको शव फेला परेको थियो । उनीहरु एकै परिवारका दोलखा घर भएका करिब कुमार भुजेल, उनकी श्रीमती शुभद्रा वाइवा र आमा सुमित्रा भुजेल सहित मोरङका नवीन राई थिए ।
प्रतिक्रिया
ताजा अपडेट