`

बिभिन्न काण्ड चलाउँदैमा मुलुकको विकास हुँदैन– अध्यक्ष ओली

Nepal One HD ६ असोज २०८० १८:२६
प्रमुख खबर

भक्तपुर– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बिभिन्न काण्डहरु चलाएर देशको बिकास हुन नसक्ने बताएका छन् ।
आज भक्तपुरमा दिपेन्द्र राज गिरी स्पाइनल नत्र प्रतिष्ठानको उद्घाटन समारोहमा अध्यक्ष ओलीले सरकारले अहिले बिभिन्न तस्कारी काण्डहरु चलाएको भन्दै त्यसले देश बिकास हुन नसक्ने बताएका हुन् ।

देशलाई सफल बनाउन नातागोता परिवारवाद र व्यक्तिगत स्वार्थ त्याग गर्नसक्नुपर्ने उनको भनाइ छ । अध्यक्ष ओलीले देशको मूल्यमान्यतामा कसैको व्यक्तिगत स्वार्थ स्वीकार्य नहुने पनि स्पष्ट पारे । देशका लागि काम गर्दा आफु नेतृत्वको सरकारलाई जोडतोडका साथ परिवर्तन गर्दा मुुलुक अहिलेको अवस्थामा आएको भन्दै आफुहरु पुनः जाग्ने र देशलाई सफल बनाएरै छाड्ने उनले दावी गरे ।
उनले मुलुकको अवस्था नाजुक रहेकाले सबै नागरिकले सोच्नुपर्ने बेला आएको भन्दै परिवर्तनका लागि नागरिकहरु नै अग्रसर हुनुपर्नेमा जोड दिए ।


प्रतिक्रिया