`

कतिमा भयो सोनापुर मिनरल्स पहिलो कारोबार

Nepal One HD १२ कार्तिक २०८० ११:३४
अर्थ समाचार

काठमाडौं– नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको सेयर कारोबार सुरु भएको छ । आइतबार स्पेसल प्रि ओपनिङ सेसनमा सोनापुरको पहिलो कारोबार प्रतिकित्ता ३५० रुपैयाँमा खुला भएको हो । अब सोही भाउलाई आधार मानेर यसको नियमित कारोबार हुनेछ ।

नेप्सेले यसको ओपनिङ रेन्ज भने प्रतिकित्ता १४२.०१ रुपैयाँदेखि ४२६.०३ रुपैयाँसम्म तोकेको थियो । ‘एसओएनए’ संकेतमा यसको सेयर कारोबार भएको छ । सोनापुरले सर्वसाधारणलाई १०० अंकित मूल्यमा १३७ रुपैयाँ ५८ पैसा प्रिमियम थप गरी प्रतिकित्ता २३७ रुपैयाँ ५८ पैसका दरले आइपीओ बिक्री गरेको थियो ।


प्रतिक्रिया